Aamsanchar

‘पानीले पेट भराैंला बरु भोकै मरौंला, बसिँदैन छिमेकीको मुख ताकेर’

Author Image
सोमवार, माघ १०, २०७३

अर्घाखाँची,

‘पानीले पेट भरौंला बरु भोकै मरौंला,
बसिँदैन छिमेकीको मुख ताकेर’

मञ्चमा आउने बित्तिकै यो गीत गाएपछि मेला हेर्न आएका दर्शकले ताली बजाए ।

मिल केपी, प्रचण्ड मिल देउवा दाइ
एकताको खाँचोछ अहिले देशलाई  

जस्ता गीत गाएर देशको वर्तमान अवस्थामा दल मिल्नुको खाँचो रहेकोमा जोड दिए । अर्घाखाँचीको सन्धिखर्कमा चलिरहेको अर्घाखाँची महोत्सवमा बद्री पंगेनीले गीत गाउँदै उपस्थित भएका हजारौं दर्शकलाइ भरपुर मनोरञ्जन दिए ।

पंगेनीले ‘सुन नेता ज्यू शहर मात्र बस्ने नगर, ल है नेता ज्यु चिल्ला कारमा फस्ने नगर’ गीत गाँउदा सबै दर्शकले भरपुर मनोरञ्जन लिए । पंगेनीले ‘अझै पनि लोकतन्त्र आको छैन है, जनताले भने झै भाको छैन है’ जस्ता गीत गाए ।

अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी, प्युठान, कपिलबस्तु, पाल्पा र कपिलवस्तुबाट चुत्राबेसीमा आएका दर्शकलाई बद्रीले रातो पछयौरी, ससुरालीमा लगायतका गीत गाएर भरपुर मनोरञ्जन प्रदान गरेका छन् । प्रेमनारायण आचार्य/उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर