Aamsanchar

खुदुनाबारीमा गायन र नृत्य प्रतियोगिता हुदै

Author Image
सोमवार, माघ १०, २०७३

 

खुदुनाबारी,

शनिअर्जुन र खुदुनाबारीलाई संगीतिक क्षेत्रको रुपमा परिचित गराउने उद्देश्यले सारेग संगीत केन्द्रखुदुनाबारी र बाल क्लब खुदुनाबारीको संयुक्त आयोजनामा प्रथम ‘खुदुनाबारी सिङ्गीङ एण्ड डान्सिङस्टार’ हुने भएको छ ।

सारेग संगीत केन्द्रका अध्यक्ष अम्बर नेम्वाङले कार्यक्रमको बारेमा प्रकाश पार्दै ग्रामिण भेगमा लुकेररहेका प्रतिभाहरुलाई प्रस्फुटन गराई राष्ट्रियस्तरमा स्थापित हुने अवसर प्रदान गराउनको लागिकार्यक्रमको आयोजना गरिएको बताए ।

कला भएका जो सुकैले सहभागी बन्न सक्ने यस प्रतियोगिताको पहिलो अडिसन माघ १५ गते जनताउमाविमा हुने  अध्यक्ष नेम्वाङले बताए । ४ राउन्डमा सम्पन्न गरिने उक्त प्रतियोगिताको अडिसन१६ गते सिंहदेवी मावि र १७ गते इलामको शितलुमा हुने सचिव तोरण श्रेष्ठले बताए ।

प्रतिायोगितामासहभागि बन्नका लागि इलाम शिलतु बजार स्थित बिनिसा फोटो स्टुडियो ९९८१५९४४५७७०मा,खुदुनाबारी क्षेत्रका लागि सारेग संगीत केन्द्र ९९८१८१४७४६३० र शनिअर्जुन क्षेत्रका लागि सिंहदेवीमाविमा र बाल क्लब अध्यक्ष इशा चापागाईं ९९८१७०१८४४९०, सचिव विशाल खवास९९८०७९८३०४७० सँग सम्पर्क गरी फारम पाउन सकिने सहसचिव सन्तोष आलेले बताए ।

 

माघ २७ गते हुने ग्रान्ड फिनाले नृत्य तर्फका ५ जना र गायन तर्फका ५ जना प्रतियोगिका बीचसम्पन्न हुने छ भने प्रतियोगिताको गायन तर्फका विजेतालाई प्रमाणपत्र, ट्रफि सहित गीत रेकर्डिङगरिने अवसर दिनेछ भने नृत्यका विजेताले प्रमाणपत्र, ट्रफि सहित म्युजिक भिडियोमा अभिनय गर्नेमौका पाउने अध्यक्ष अम्बर नेम्वाङले जानकारी दिए । प्रतियोगताको टपटेनमा पर्नेलाई प्रमाणपत्रप्रदान गरिने नेम्वाङले बताए ।

प्रतियोगिताको निर्णायकमा भने वरिष्ठ गायक तथा संगीत शिक्षकद्वय दिपक रायमाझी, कृष्णयोञ्जन, वरिष्ठ गायक तथा संगीतकार बलराम समाल, संगीत शिक्षिका कमला नेम्वाङ, कोरियोग्राफरराज शेमा र पदम योञ्जन रहने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर