Aamsanchar

झापामा चालकसंग एक मिनेट कार्यक्रम सुरु

Author Image
सोमवार, माघ १०, २०७३

झापा,

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले आजबाट झापामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालकसंग एक मिनेट कार्यक्रम सुरु गरेको छ ।

पूर्व क्षेत्रिय ट्राफिक कार्यालयको निर्देशनमा यो अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । सवारी दुर्घटनाको विषयमा चालकको महत्वपूर्ण भूमिका हुने भएकाले दैनिक एक मिनेट ट्राफिक नियमको विषयमा कुरा गर्न थालिएको बताइएको छ ।

पहिलो दिन आज विर्तामोड स्थित पूर्व स्टेण्डमा गरिएको कार्यक्रममा ई रिक्साका चालक, पिकअप गाडीका चालक, तथा साना सवारीका चालकहरु सहभागि भएका थिए । उनीहरुले सोधेको जिज्ञासाको जवाफ दिदैं ट्राफिक प्रहरी प्रमुख गिरीले सवारी दुर्घटना कम गर्न चालक स्वयम जिम्मेवार बन्नुपर्ने बताए ।

केहि दिन अघि झापाको कनकाई नगरपालिकामा भएको ई रिक्साको दुर्घटनामा ट्राफिक नियमको उल्लघन तथा ट्राफिक चिन्हको ज्ञानको कमी मुख्य कारक बनेको गिरीको भनाई छ । उनले ई रिक्सा चालकहरुलाई ट्राफिक संकेतहरुको राम्रोसंग ज्ञान हासिल गरेर मात्र सवारी सञ्चालन गर्न सुझाव दिएका छन् ।

विर्तामोड क्षेत्रमा मात्रै १०–१२ ट्राफिक प्रहरीले दुई हजार बढी सवारीको निगरानी गर्नुपर्ने बाध्यता रहेकबो बताए । उनले चालक आफैं सचेत हुने हो भने सवारी दुर्घटनामा कमी आउने बताए । चालकसंग एक मिनेट कार्यक्रममा सहभागि चालकहरुले ट्राफिक प्रहरीको यो अभियानले आफुहरुलाई जिम्मेवार बन्न सचेत गराएको बताएका छन् ।

चालकहरुले जथाभावि सवारी पार्किङ नगर्ने भन्दै सबै मिलेर ब्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । ट्राफिक प्रहरी प्रमुख गिरीले अब जुनसुकै सवारीको पनि गल्ती हेरर कारबार्ही हुने बताए । विगतमा साना सवारीले गल्ती गर्दा पनि ठूलासवारी कारबार्हीमा पर्नुपरेको अवस्था रहेको भन्दै अब त्यो अवस्थाको अन्त्य हुने जानकारी दिए ।

उनले कालो प्लेटका सवारीले गल्ती गरेमा सावजानिक मुद्धा चलाइने समेत बताउदै चालकहरुलाई सचेत गराएका छन् । ट्राफिक प्रहरीले यो अभियानलाई दैनिकरुपमा सञ्चालन गर्ने गिरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर