Aamsanchar

म्याङलुङ बसपार्कमा बिरालो स्तम्भ निर्माण हुँदै

Author Image
सोमवार, माघ १०, २०७३

तेह्रथुम,

तेह्रथुमको सदरमुकाम म्याङलुङको ऐतिहासिक परिचय झल्किने ‘मेयङ’ अर्थात् ‘बिरालो’ को स्तम्भ निर्माण अन्तिम चरणमा पुगेको छ ।

म्याङलुङस्थित बसपार्कमा बिरालो स्तम्भ निर्माण भइरहेको छ । स्तम्भ निर्माणको काम यसअघि नै सक्ने भनिए पनि बजेट अपुग हुँदा ढिलाई भएको किरात याक्थुङ चुम्लुङ जिल्ला शाखाका अध्यक्ष गणेश सेनेहाङले जानकारी दिए ।

स्तम्भ निर्माणका लागि म्याङलुङ नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी दाताहरुले साढे ८ लाख रुपैयाँ सहयोग गरेका छन् । स्तम्भ निर्माणका लागि अझै करिब साढे ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

म्याङलुङ बसपार्कमा बिरालोको स्तम्भसँगै पार्क पनि निर्माण गरिने भएको छ । पार्कमा घण्टैपिच्छे ‘बिरालो कराउने’ प्रविधिसमेत जडान गरिने भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन दिलाउने आशा लिइएको छ ।

आदिमकालमा नागदह भन्ने ठाउँमा जंगल फँडानी गर्दा मेयङ कराएपछि तत्कालिन किराँती राजाले त्यसलाई समात्न खोज्दा ढुंगामा परिणत भएको र त्यही ढुंगालाई पूजा गर्दै आएको मन्दिर नै मेयङलुङ भगवती देवी अर्थात् सिंहवाहिनी भगवती देवीको मन्दिर भएको किंवदन्ती छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर