Aamsanchar

हात्तीको आक्रमणबाट दुईको मृत्यु

Author Image
सोमवार, माघ १०, २०७३

झापा।

झापाको भद्रपुर नगरपालिका २ स्थित मायालु वनमा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ।

जंगलमा दाउरा खोज्न गएकी भद्रपुर नगरपालिका २ बस्ने ४१ वर्षीया पालमाया लिम्बू र १२ बर्षिया शर्मीला लिम्बुलाई जंगली हात्तीले आक्रमण गरी मारेको अवस्थामा शव फेला फेला परेको हो।

उनीहरु आइतबार विहान घरदेखी १ किलोमिटर पश्चिम स्थित मायालु वनमा दाउरा खोज्न गएकी थिइन्। साँझ अबेरसम्म घर नफर्कीएपछी खोजी गर्ने क्रममा स्थानियवासीले पालमायालाई   आइतबार साँझ तथा शर्मीलालाई  सोमबार विहान मृत भेटेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

Views: 130

प्रतिक्रिया (०)