काठमाडौं,
शहीदको सम्झनामा सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । सरकारले २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्मानमा शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।
राणा शासनको विरोध गरेर प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा तत्कालिन राणा सरकारले विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो ।
शहीद शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते र १५ गते गगांलाल श्रेष्ठ तथा दशरथ चन्दको शालिकमा रहेको शोभा भगवती पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।
यस्तै माघ १६ गते शहीद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी शहीदको सम्झनामा विशेष कार्यक्रम हुनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 172