Aamsanchar

फेसबुकमा सामूहिक बलात्कारको लाइभ भिडियो, तीन जना पक्राउ

Author Image
मङ्गलवार, माघ ११, २०७३

एजेन्सी । 

स्वीडेनमा सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ति तीन जनाले एक महिलालाई सामूहिक बलात्कार गरेको र त्यसको लाइभ भिडियो सामाजिक सञ्जाल फेसकबुमा देखाएको आरोप छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।

आइतबार बिहान एक महिलाले फोन गरेर फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ देखाएको भन्दै फोन गरेकी थिइन् ।  ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धेरै व्यक्तिले पनि त्यो भिडियो हेरेको प्रहरीले पुष्टि गरेको छ ।

बलात्कारको लाइभ भिडियो देखाइएको फेसबुक ग्रुपमा हजार भन्दा धेरै सदस्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले १९ देखि २५ वर्ष उमेरका तीन पुरुष र एक महिलालाई एउटै अपार्टमेन्टबाट पक्राउ गरेको छ । २१ वर्षकी जोसेफिन लुण्डग्रेनले भिडियोबारे प्रहरीलाई जानकारी गराएकी हुन् ।

बलात्कार गर्ने एक युवकसँग बन्दुक पनि रहेको लुण्डग्रेनले स्वीडेनको एक पत्रिकालाई बताएकी छन् । लाइभ भिडियो झण्डै ६० जनाले हेरेको उनको भनाई छ । फेसबुकले सन् २०१५ देखि लाइभ स्ट्रिमिङ्ग सेवा सुरु गरेको हो । त्यसयता यस्ता धेरै घटना भएका छन् । उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर