Aamsanchar

दुई वर्षकी छोरी छाडेर आमा ९ दिनदेखि बेपत्ता

Author Image
मङ्गलवार, माघ ११, २०७३

तेह्रथुम,

तेह्रथुममा एक महिला ९ दिनदेखि बेपत्ता भएकी छन् । माघ २ गते घरबाट पाँचथर जान्छु भनेर हिँडेकी ह्वाकु–३ की रुपा मावो कालिकोटे सम्पर्क बिहीन रहेको परिवारले जनाएको छ ।

पाँचथरको फिदिममा रहेका दाइलाई भेट्न र जण्डिस भए नभएको जाँच गराउन भनि घरबाट निस्किएकी रुपाले पाँचथर पुगेपछि सम्पर्क नै गर्न छाडेको श्रीमान किरण कालिकोटेले बताउनुभयो । पाँचथरको थर्पु माइती घर भएकी रुपा र किरणको २०७० सालमा अन्तरजातीय विवाह भएको थियो ।

तर परिवारिक सम्बन्ध राम्रै रहेको र घर सल्लाहबाटै श्रीमतीलाई उपचारकालागि पठाएको भएपनि सम्पर्क बिहीन भएपछि प्रहरीमा उजुरी गरेको किरणले बताउनुभयो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।

‘पाँचथरको माझीटार कट्दासम्म फोन सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क हुन सकेन’ इलाका प्रहरी कार्यालय संक्रान्ति जबार आएका किरणले भन्नुभयो । प्रहरीले किरणको उजुरीपछि खोजी थालेको जनाएको छ ।उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर