Aamsanchar

बेतना सिमसार क्षेत्रमा कछुवा संरक्षण अभियान

Author Image
मङ्गलवार, माघ ११, २०७३

मोरङ ।

लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ ।

मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो । सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार स्थानीय प्रजातिलाई संरक्षण गर्नका साथै लोप हुन लागेका विभिन्न जातका कछुवालाई सिमसार क्षेत्रमा राख्न थालिएको छ ।

तालमा राखिएको मोटरबोटमा बोटिङ गर्ने र होटलको समेत राम्रो व्यवस्था भएकाले कछुवा हेर्न आउनेको सङ्ख्या सिमसार क्षेत्रमा बढेको छ ।

सिमसार क्षेत्रमा रहेको तालमा आठ वटाभन्दा बढी प्रजातिका झन्डै ३०० भन्दा बढी कछुवा रहेको बेतना सिमसारका सदस्य बस्नेतको भनाइ छ ।

कछुवा हेर्नका अतिरिक्त सिमसारको मनोरञ्जन लिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर