Aamsanchar

राष्ट्रिय वाणिज्य बैंक इलाम उत्कृष्ट शाखा

Author Image
बुधवार, माघ १२, २०७३

बिर्तामोड।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय इलाम बजार नेपालका शाखाहरुमध्ये दोस्रो उत्कृष्ट शाखा घोषित भएको छ ।
उक्त शाखा नेपाल अधिराज्यभरिका ‘ङ’ वर्गका ६८ वटा शाखाहरुमध्ये दोस्रो उत्कृष्ट शाखा घोषित भएको शाखा प्रबन्धक बद्रीप्रसाद भट्टराईले जानकारी दिए । यसअघि आर्थिक वर्ष २०७१÷०७२ सालमा पनि दोस्रो उत्कृष्ट शाखा भएको शाखा कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा पनि दोस्रो उत्कृष्ट शाखा भएको शाखा प्रबन्धक भट्टराईले बताए ।
यसैबीच राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५२औं वार्षिकोत्सवको अवसर पारेर इलाम शाखाले पनि विविध कार्यक्रम सम्पन्न गरेको थियो । इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्य तथा शाखा प्रबन्धक बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्धक अर्जुन ढुंगानाले स्वागत गरेका थिए ।
कार्यक्रममा इलामका स्थानीय विकास अधिकारी धु्रव खड्का, नेपाल बैंक लिमिटेडका प्रबन्धक मोहन निरौला, उद्योग वाणिज्य संघ इलामका उपाध्यक्ष मदन श्रेष्ठ, ग्राहक टीका बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी मनोज थाम्सुहाङले गरेका थिए । वार्षिकोत्सवकै अवसर पारेर राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय इलाम बजारको एटीएम समेत उद्घाटन गरिएको थियो ।

एटीएमबाट रकम निकालेर कार्यक्रमका प्रमुख अतिथि इलामका प्रजिअ दाहालले एटीएमको उद्घाटन गरेका थिए । कार्यक्रममा इलामको देउरालीमा रहेको शाखाले २०५८ सालदेखि इलाम बजारमा कारोबार शुरु गरेको बताउँदै प्रबन्धक भट्टराईले शाखाले १५ करोड रुपैयाँ निक्षेप संकलन गरी कृषि तथा व्यापारको क्षेत्रमा १६ करोड कर्जा प्रवाह गरेको बताए । शाखाले चालू आर्थिक वर्षको अर्धवार्षिकसम्ममा ५० लाख खुद नाफा गर्न सफल भएको र इलाम जिल्लाका विभिन्न नपा तथा गाविसहरुमा सेवासहित सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 924

प्रतिक्रिया (०)

सम्बन्धित खबर