Aamsanchar

सवारी दुर्घटनामा ४ घाइते

Author Image
बुधवार, माघ १२, २०७३

विराटनगर।

मोरङको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्।

मोरङको बनिगामा-४ स्थित बिराटनगर-बिराटचौक सडक खण्डमा दक्षिणबाट उतरतर्फ जादै गरेको ना २ ख ७१७८ नम्बरको बस अनियन्त्रित दुर्घटना हुँदा दुई जना यात्री घाइते भएका छन्। घाइते हुनेमा भोजपुर आमतेक-१ बस्ने ५१ बर्षिया देवी विश्वकर्मा र मोरङ बनिगामा-१ का १९ बर्षिया निराजन खवास रहेका छन्।

घाइते दुवैको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी मोरङकै झोराहाट-२ स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को १ त ६४९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा सहचालक सोही झोराहाट- बस्ने २२ बर्षिय अर्जुन उराउ र कोशी-हरैचा-१५ बस्ने २३ बर्षिय आशाराम ऋषिदेव घाइते भएका छन्।

घाइते दुवैको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने ट्याक्टर र चालकलाइ प्रहरी चौकी  झोराहाटले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)