Aamsanchar

महोत्तरीमा एउटै विवाह समारोहमा ‘१९ ओटा मोबाइल चोरी’

Author Image
बुधवार, माघ १२, २०७३

महोत्तरी ।

महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ ।

गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ ओटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।

विवाहमा सरिक भएका अतिथि एवं आफन्तहरु राति सुतेको मौकाछोपी सो परिमाणको मोबाइल क्रमिकरुपमा चोरी भएको पीडित निशान्तले बताए ।

विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब रु चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिए । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर