Aamsanchar

विराटनगरमा राजश्‍व अनुसन्धानको छापाबाट व्यवसायी त्रसित

Author Image
बुधवार, माघ १२, २०७३

विराटनगर : 

राजश्व अनुसन्धान विभागले नाम चलेका उद्योगपतिका फार्ममा छापा मार्न थालेपछि उद्योगीहरु त्रसित बनेका छन्। केही दिनअघि काठमाडौंबाट आएको राजस्व अनुसन्धानको टोलीले विराटनगरको एसियन थाई फुड्स, स्वदेशी साबुन, न्युट्रि फुड, आनन्‍द इँट्टा, एसिसी इँट्टा, सेन्चुरी मसलालगायताका आधा दर्जन बढी उद्योगमा छापा मारेको छ। सांसद् पवन सारडाको पायनियर केबलमा पनि अनुसन्धानको टोलीले छापा मारेको छ।

मोरङ व्यापार संघका अध्यक्ष सारडाले राजश्वको अनुसन्धानले व्यवसायीहरु आतंकित भएका आरोप लगाए,‘विगत २० दिनदेखि राजश्वले विराटनगरमा सुरु गरेको छापा मार्ने अभियानले व्यवसायीहरु आंतकित भएका छन्। तर कुनै पनि व्यवसायीले उद्योगीको हकहितमा काम गर्ने संस्थामा उजुरी नदिएकाले संस्थागत रूपमा आतंकको विरोध गर्न सकिएन,’ उनले भने।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले राजस्व अनुसन्धानले गैर कानूनी ढंगले छापा मारेको आरोप लगाए।‘छापा मार्न पाउँछ, तर सुरक्षाकर्मी लिएर गएर उद्योग तथा फर्मका कर्मचारी हप्काउने, फाइल जफत गर्ने लगायतका हर्कत देखिएको छ, यसको हामी विरोध गर्छौं,’उपाध्यायले भने,‘छापा मार्दा मर्यादित किसिमले गर्नुपर्‍यो।’

विराटनगरका प्रतिष्ठित उद्योगपति महेश जाजुले छापा मार्नु स्वाभाविक प्रक्रिया भएको बताए। अर्का उद्योगी मोति दुगर्डले आफ्नो उद्योगमा छापा नमारेको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)