Aamsanchar

मोरङमा दिनदहाडै गोलीप्रहार गरी लुटपाट

Author Image
बुधवार, माघ १२, २०७३

मोरङ:  

मोरङको सोराभाग–१ कर्सिया बजारमा गोली प्रहार गरी दिउँसै लुटपाट भएको छ । जीवन विकास समाजका कर्मचारी घनश्याम बहरदारमाथि गोली प्रहार गरी लुटपाट भएको हो।

उनले गाउँमा रकम जम्मा गरी कार्यलयमा रकम  बुझाउन ल्याउने क्रममा लुटपाट भएको प्रहरीको भनाइ छ।  गोली प्रहारबाट घाइते बहरदारको  विराटनगरमा उपचारका लागि ल्याइएको छ।

गोली प्रहारमा संलग्न एक व्यक्ति पक्राउ गर्नुको साथै उनले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर