Aamsanchar

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक

Author Image
बुधवार, माघ १२, २०७३

काठमाडौं :

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक रहेको तथ्याङ्क सार्वजनिक भएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बुधबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारण सूचकाङ्क – २०१६ मा २९ अंक प्राप्त गरी नेपाल १ सय ३१औँ स्थानमा परेको हाे।

कुल १७६ देशमा गरिएको अध्ययनमा नेपालले १०० मा २९ अंकमात्र पाएको हो। अघिल्लोपटक १६८ देशलाई समेटेर गरिएको अध्ययनमा नेपाल २७ अंकका साथ १ सय ३०औँ स्थानमा थियो। नेपालले यसपटक २ अंक सुधार गरेको छ। यो अघिल्लो पटकभन्दा थाेरै राम्रो हो।

६५ अंक प्राप्त गर्दै २७औं स्थानमा परेको भूटान दक्षिण एसियाकै सबैभन्दा कम भ्राष्टाचार हुने मुलुक बनेको छ। त्यसपछि क्रमश: भारत, माल्दिभ्स, श्रीलंका र पाकिस्तान पनि नेपालभन्दा अघि छन्।

बंगलादेश र अफगानिस्तान भने नेपालभन्दा पछि छन्। यसपटक १०० मा ९० अंक प्राप्त गरेका डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा पर्दा सोमालिया १० अंकसहित सूचीको अन्तिम स्थानमा छ। यसको मतलब सोमालिया विश्वकै भ्रष्ट मुलुक हो।

 

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर