Aamsanchar

झापामा सबै भन्दा बढी उजुरी शिक्षामा

Author Image
बुधवार, माघ १२, २०७३

भद्रपुर।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी सुनसरीद्वारा आयोजित “भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भयो ।

भ्रष्टाचार न्यूनिकरणका लागि जनअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिदैं सहभागीहरुले विशेषगरी सेवाग्राहीको अत्यन्त भिड हुने कार्यालयमा आयोगले विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले राज्यले सुम्पेको पदीय दायित्वलाई प्रत्येक कर्मचारीले इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउँदै सेवाग्राहीप्रति उत्तरदायी बन्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा आयोगका शाखा अधिकृत विष्णुकुमार थिगवा ९लिम्बू०ले कार्यालयको गतिविधिका बारेमा विस्तृत जानकारी गराउनुभयो ।
विगत तीन वर्षमा आयोगको यो कार्यालयबाट तीन हजार ८९५ उजुरी आएकोमा तीन हजार ४९१ फछ्र्यौट भइसकेको र झापामा यसवर्ष विभिन्न कार्यालयका गरी ३६२ वटा उजुरी आएकोमा ३२२ वटा फछ्र्यौट भइसकेको उहाँले बताउनुभयो ।

झापामा सबै भन्दा बढी उजुरी शिक्षा, स्थानीय निकाय र भूमि सम्बन्धी रहेका छन् । आयोगका कार्यालय प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर