Aamsanchar

खुदुनाबारीमा रक्तदान कार्यक्रम सम्पन्न

Author Image
बुधवार, माघ १२, २०७३

खुदुनाबारी,


त्रिपुरेश्वर शिवालय मन्दिर खुदुनाबारी ८ हरिहरपुरको आयोजनामा २६ औं वार्षिक पदमा पुराणको अवसरमा मन्दिर समितिले रतmदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३४ जनाले रतmदान गरेका थिए ।

मन्दिर समितिले रक्तदान कार्यक्रम संञ्चालन गरिसकेको दुईपटक पुगेको सचिव भीम प्रसाद सुवेदीले बताए । सचिव सुवेदीले संञ्चालन भइरहेको पुराणको सम्बन्धमा भने हामीले मन्दिरको घेराबरा लगाउने उदेश्यले पुराण आयोजना गरिएको हो ।

हालसम्म २ लाख रकम सहित ४४ वटा कुर्सी सौजन्य भैइसकेको सुवेदीले बताए । त्रिपुरेश्वर शिवालय मन्दिर हरिहरपुरका सभापति भोला बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडक्रस उपशाखा खुदुनाबारीका सभापति रघुनाथ खनाल,उपसभापति तुलसी प्रसाद खतिवडा,सचिव जीत बहादुर कुमाल,सदस्य मुकुन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संञ्चालन भने सामाजिक अगुवा जीवन भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर