Aamsanchar

बालविवाह मुद्दाका फरार पक्राउ

Author Image
बुधवार, माघ १२, २०७३

भोजपुर।


अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा भोजपुरमा बाल विवाह मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन।

जिल्ला अदालत भोजपुर को मिति २०७३ साल कार्तिक २३ गतेको फैसलाले बाल-विवाह मुद्दामा १६ (सोह्र) दिन कैद तथा पाँच सय रुपैया जरिवाना तोकिएका छिनामुख गाविस ८ की सम्झना भुजेललाई पक्राउ गरिएको हो।

भुजेललाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकालागी जिल्ला कारागार भोजपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर