Aamsanchar

१०% बालबालिका अझै खोपको पहुँच बाहिर

Author Image
बिहिवार, माघ १३, २०७३

झापा,


झापाका १० प्रतिशत बालबालिका अझै खोप सेवाबाट बाहिरै रहेको बताइएको छ । सरकारले सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य राखे पनि झापामा उक्त लक्ष्य पूरा गर्न अझै धौ–धौ परेको बताइन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार जिल्लाका २० हजार तीन सय १५ जना बालबालिकाले पूर्ण खोप लगाए पनि अझै १० प्रतिशत बालबालिका खोप सेवाबाट बाहिर रहेका छन् ।
उनीहरु बसाईँसराई र नियमित खोप सेवा लिन नआएका कारण यो समस्या रहेको बताए । उनले भने– ‘सकेसम्म सबैलाई खोपको पहुँचमा ल्याउने जनस्वास्थ्यको प्रमुख लक्ष्य भए पनि चाहेर पनि उनीहरुलाई सेवा दिन सकिरहेका छैनौ । अधिकांशले अज्ञानताका कारण खोप लगाउँदैनन् भने केहीले जानाजान आफ्ना बालबालिकालाई खोप लगाउन ल्याउँदैनन्’– पौडेलले भने ।
झापामा चार वटा नगरपालिका पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् भने केही नगरपालिका घोषणाको तयारीमा रहेका छन् । यता शरणामती र गरामनी गाविसलाई केही दिनभित्रै पूर्ण खोपयुक्त गाविस घोषणा गर्ने तयारी भइरहेको खोप अधिकृत पौडेलले बताए ।
पौडेलका अनुसार गौरादह, शिवसताक्षी, शनिअर्जुन र भद्रपुर नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका हुन् भने झापाको पहिलो पूर्ण खोपयुक्त गाविस धाइजन हो । धाइजन २०७१ सालमा पूर्ण खोपयुक्त गाविस घोषणा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर