Aamsanchar

अव्यवस्थित पार्किङले नगर क्षेत्र कुरुप बन्दै

Author Image
बिहिवार, माघ १३, २०७३

ताप्लेजुङ।

अव्यवस्थित सवारी पार्किङका कारण ताप्लेजुङको सदरमुकाम अस्तव्यस्त हुने गरेको छ ।

सडक किनारमै अव्यवस्थित तरिकाले सवारी पार्किङ गर्नाले बजार कुरुप बन्दै गएको छ । सडकमै राखेर गाडी धुने गर्नाले सडकको संरचनासमेत बिग्रदै गएको छ ।

साँघुरो सडककै बस, ट्याक्सी तथा ट्रकहरु पार्किङ गरिँदा दुर्घटना बढ्ने र पैदलयात्रुलाई समेत आवतजावतमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । सदरमुकाम क्षेत्रको तोक्मेडाँडामा अस्थायी बसपार्क रहे पनि अव्यवस्थित पार्किङ र टिकट काउण्टरले गर्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

बजार क्षेत्र कुरुप बन्दै जाँदा पनि नगरपालिकाले नियन्त्रण नगरेको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

यता, ताप्लेजुङ नगरपालिकाले भने आगामी फागुनदेखि सडक किनारामा पार्किङ गर्ने र गाडी धुनेलाई कारबाही गर्ने जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत छविलाल राईले यातायात व्यवसायीलाई सडक किनारामा सवारीसाधन नराख्न आग्रह गरेको र फागुन १ गतेबाट कडाई गरिने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर