Aamsanchar

दुर्घटनामा एकको मृत्यु

Author Image
बिहिवार, माघ १३, २०७३

दमक :

दमकमा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मे १ त ३३०५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मे ६ प ९७८६ नम्बरको मोटरसाइकलका चालक २७ वर्षीय सनमान लिम्बुको मृत्यु भएको हो।  मोटरसाइकलमा सवार पवित्रा परियार घाइते भएकी छिन्। लाइफलाइन अस्पताल दमकमा उनको उपचार भइरहेको छ।

बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरका लिम्बु अमेरिका पुनर्बासपछि एक महिना अघि मात्र नेपाल आएका थिए। ठक्कर दिने ट्याक्टरका चालक फरार रहेको र उनको खोजी भइरहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख असई दिनेश अधिकारीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर