काठमाडौं ।
माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने सम्मान हो ।
उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् ।
कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारतमा बेचिएका महिला र बालबालिकाहरुको उद्धार र संरक्षणमा काम गर्दै आएकी छन् । यसअघि उनी २०६८ सालमा सीएनएन हिरो घोषित भएकी थिइन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 233