Aamsanchar

दुई हजार क्विन्टल धान खरिद

Author Image
बिहिवार, माघ १३, २०७३

विराटनगर।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरले अहिलेसम्ममा दुई हजार ६४० क्विन्टल धान खरिद गरेको छ ।

कार्यालयले यस वर्ष पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । किसान धान बिक्रीका लागि आकर्षित नहुँदा लक्ष्यअनुरुपको धान खरिद हुने सम्भावना क्षीण बन्दै गएको कार्यालय प्रमुख सुरेश ढकालले बताउनुभयो ।

कार्यालयले प्रतिक्विन्टल रु दुई हजार १० मा सोना मनसुली धानको मूल्य निर्धारण गरेको छ । व्यापारीले सोभन्दा बढी मूल्यमा किसानसँग धान खरिद गर्ने गरेका कारण किसान धान बिक्री गर्न उदासिन देखिएका हुन् ।

धान खरिद गरेर संस्थानले चामल बनाएर कोसी अञ्चलका विभिन्न पहाडी जिल्लाका उपभोक्ताका साथै कारागारमा चामल बिक्री गर्दैआएको थियो ।

कार्यालय प्रमुख ढकालले चामल बनाएर कनिका नमिसाइएको गुणस्तरीय चामल बिक्री गर्ने गरेपनि उपभोक्ताले कनिका मिश्रित चामल सस्तोमा पाएका कारण संस्थानको चामल खरिद गर्न नचाहेको बताउनुभयो । फागुन महिनासम्ममा लक्ष्यअनुरुप धान खरिद गर्न सकिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर