बिर्तामोड।
६५ औं भन्सार दिवसको अवसर पारेर नेपालमा नै पहिलो पटक मेची भन्सार कार्यालयले आफ्नो कामको विषयमा सेवाग्राहीलाई जनकारी गराउन डकुमेन्ट्री फ्लिम तयार गरी प्रर्शदन गरेको छ ।
देश भरिका शाखाको गतिविधिमा आधारित रहेर भन्सार कार्यालयले डकुमेन्ट्री तयार पारेको हो । तयार पारिएको डकुमेन्ट्री मेची भन्सार सहित देश भरका भन्सार कार्यालयले एकै साथ प्रर्दशन गरेका छन् ।
डकुमेन्ट्रीमा भन्सारको गतिविधि,काम कारोवार, कसरी हुन्छ र आधुनिकिकरणको नाममा के के प्रविधि प्रयोग भइरहेको छ सो वारेमा सर्वसाधारणलाई वुझाउन खोजिएको छ ।
उक्त डकुमेन्ट्री युवटुवमा पनि राखिएको छ । मेची भन्सार कार्यालयले तयार पारिएको सो डकुमेन्ट्री मार्फत सेवाको विषयमा सर्वसाधारणले सहजरुपमा थाहा पाउन भन्ने उद्देश्यले १५ मिनेट ५७ सेकेन्डको निर्माण गरिएको प्रमुख भन्सार अधिकृत भीमप्साद अधिकारीले बताउनुभयो ।