Aamsanchar

लागुऔषधसहित दुई पक्राउ

Author Image
शुक्रवार, माघ १४, २०७३

झापा


झापाको मेची नगरपलिका-१० स्थित भन्सार कार्यालय नजिकैबाट प्रहरीले विहीबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा दमक-१० बस्ने १६ बर्षिय मन्जित शर्मा  र सोही ठाउँका २१ बर्षिय वावरा मिया रहेका छन्। शर्मालाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा तथा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेपछी अनुसन्धानको क्रममा वावरा मियालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट साथबाट १४ सेट टी.टी, डाईजेपाम-१४ पिस, लुपिजेसिक-१४ पिस, फेनारगन-१४ पिस बरामद गरेको छ। लागुऔषधसहित पक्राउ दुवैजनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर