Aamsanchar

मोडल विपना थापाको हट अवतार

Author Image
शुक्रवार, माघ १४, २०७३

काठमाडौं ।

मोडल तथा कोरियोग्राफर विपना थापाले अर्को पनि परिचय थपिएकी छन् । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले एउटा गीत गाएकी छन् । यससँगै उनी अब गायिका पनि बनेकी छन् ।

विपनाको स्वर रहेको ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीतलाई दुई दिन लगाएर भिडियो निर्माण गरिएको छ । आफ्नो पहिलो गीत भएकाले भिडियो निर्माणमा पनि मिहिनेत गरेको विपनाले बताइन् । यस गीतको भिडियो मंगलबार र बुधबार चोभारमा छायांकन गरिएको छ ।

राकेश गुरुङको म्युजिक एरेञ्ज रहेको ‘तिमै्र नाउँमा यो जीवन’ मा संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । अर्जुन अधिकारीको निर्देशन रहेको आफ्नो गीतमा विपनाले नै मोडलिङ गरेकी छन् । विपनासँगै भिडियोमा समिम खानले अभिनय गरेका छन् ।

यस म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले तयार गरेको पहिरनमा विपनालाई देखिनेछिन् ।

हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई केही दिनमै दर्शकले हेर्न पाउन मोडल तथा गायिका विपनाले बताइन् ।

विपनाले पछिल्लो समय ‘कलेज क्वीन नेपाल’ र ‘सिन्डेला नेपाल’ जस्ता प्रतियोगिताको कोरियोग्राफी गरेकी छिन् ।दैनिक नेपाल

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर