Aamsanchar

एकैपटक सातवटा झोलुङ्गे पुल बन्दै

Author Image
शुक्रवार, माघ १४, २०७३

खोटाङ,

खोटाङमा सातवटा झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको छ । जिल्ला विकास समितिको अनुदानमा सात वटा खोलामा एकैसाथ झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको हो ।

वाप्लुखास्थित वालम खोला, साउनेचौंरस्थित ओख्रे खोला, बड्कादियालेस्थित दुम्छा खोला, बाँझेच्यानडाँडास्थित रुपुवा खोला, माक्पास्थित बञ्चरे खोला, बुईपास्थित लैकु खोला र दिक्तेलस्थित सिम्ले खोलामा झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो ।

वर्ष दिनभित्र पूरा गर्नेगरी सबै झोलुङ्गे पुलको योजना सम्झौता गरेर काम सुरु भएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)