Aamsanchar

रुद्राक्ष भगवान रुद्रको आँखा

Author Image
शुक्रवार, माघ १४, २०७३

तपाई हामीलाइ थाह भएकै कुरा हो । रुद्राक्ष भगवान शंकर को मनपर्ने आभुषण हो । जसलाई धार्मीक दृश्टीकोणले अत्यन्तै प्रभावशाली मानिएको छ । सथै लोक कल्याण मा प्रयोग गरिएको एकदमै सुन्दर र फलदायी प्रकृतीको उपहार हो यो ।

जसलाई हिन्दु धर्ममा भगवान साधनाका बेला बिषेस प्रयोग गरिएको हुन्छ । यसको माला धारण गर्नाले समस्त पाप नाश गरि मानव जिवनमा भक्ति र मुक्ति प्रदान गर्दछ भन्ने जन बिश्वास रही आएको पाईन्छ । त आउनुहोस जानौं यो अद्भुत अनि अलौकिक बस्तु जुन शायदै जो कसैलाई थाह नभएको पनि हुन सक्छ ।

रुद्राक्ष का बिषेसताहरु
रुदाक्ष अकाल मृत्यु हारी
रुद्राक्ष लाई अकाल मृत्युहारीको रुपमा पुजाआजा गर्ने गरिन्छ । अचानक तथा समय घडी पुरा नभै मृत्यु हुनुलाई अकाल मृत्यु मानिन्छ । रुद्राक्षको प्रयोग वाट अकाल मृत्यु लाई हरण गरिदिन्छ अथवा अकाल मृत्यु हुनबाट बचाउदछ भन्ने जनबिश्वासका आधारमा यसको गरिमा अपरम्पार रहिआएको छ ।

दीर्घायु प्रदान गर्दछ
दीर्घायु अर्थात लाम्रो आयु भनेर जान्दछौं । धरै समय बाँच्ने रहर त कसलाई पो हुदैन र शायदै पृथ्वी मा रहेका सबै प्राणि यहि चाहन्छन् होला । रुद्राक्ष को समिपमा दीर्घायु प्रदान गर्ने क्षमता हुन्छ ।
रुद्राक्षले सन्यासिहरुलाई धर्म र मोक्ष प्रदान गर्दछ ।

– गृहस्थीमा अर्थ र कामको दाता हो रुद्राक्ष
– सन्तान प्राप्तीको बरदान हो रुद्राक्ष
– शारीरिक बाधाहरुलाई अनत्य गर्दछ
– मन शान्त गराउछ रुद्राक्षले
– कुण्डलीनि जागृत गर्नमा सहयोग गर्दछ ।
– सबै पापहरु नस गर्दछ
– भुत तथा प्रेत आदि आत्माहरुको दृश्टी वाट बचाउदछ ।
– रुद्राक्षको पुजा आराधना गर्नाले सबै दुःख कष्ट वाट छुटकारा मिल्दछ ।
– रुद्राक्ष कुनै पनि कार्य सिद्धी को कामना गर्दै शरीरमाध धारण गर्नाले ४० दिन भित्र कार्य सिद्धी हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर