Aamsanchar

भुटानी शरणार्थी भोकभोकै, राहत वितरण एकाएक रोकियो

Author Image
शनिवार, माघ १५, २०७३

काठमाडौं।

राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन् । उनीहरुले पाँच दिनदेखि रासन बुझेका छैनन् ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्याक्रम (डब्लुएफपी)ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

बेलडाँगी र मोरङको पथरी शनिश्चरेस्थित शिविरमा बस्दै आएका शरणार्थीले पेटभरि खान पाएका छैनन् । जसोतसो खोले खाएर दिन कटाइरहेको उनीहरु बताउँछन् । प्रर्याप्त खाना नपाउँदा वृद्धवृद्धा, बालाबालिका र अशक्तमा समस्या देखिन थालेको छ। कमजोरीले बालबालिका विद्यालय जान नसक्ने भएका छन् ।

डब्लुएफपीले वितरण गर्दै आएको न्युनतम राहतसमेत कटौती भएपछि शरणार्थीले रासन लिन अस्वीकार गर्दै आएका हुन् । यसले गर्दा १० हजार दुई सय ६५ भुटानी शरणार्थी बस्दै आएको शिविरमा मानवीय संकट उत्पन्न हुने खतरा बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)