Aamsanchar

विर्तामोडबाट आठ जुवाडे पक्राउ

Author Image
शनिवार, माघ १५, २०७३

झापा।

झापाको विर्तामोडबाट प्रहरीले शुक्रबार आठ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

विर्तामोड नगरपालिका ६ स्थित दिलु दाहालको घरमा जुवातास हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले तास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवाको खालबाट तीन बुक तास र नगद ६ हजार पाँच सय समेत बरामद गरेको जनाएको छ। पक्राउ पर्नेहरुमा बिर्तामोड न.पा.वडा नं. ६ बस्ने बर्ष २९ को हेम थापा, ३ बस्ने बर्ष २८ को देवेन्द्र चौहान, ६ बस्ने बर्ष ३० को राज कुमार राजबंशी, बर्ष ३५ को डिलु दाहाल, ५ बस्ने बर्ष ३० को अमित थापा, ६ बस्ने बर्ष ३० को सन्दिप लामा, ७ बस्ने बर्ष २३ को सुमन खवास, ४ बस्ने बर्ष ३२ को प्रकाश साह समेतलाई पक्राउ गरिएको डीएसपी केशवकुमार थेवेले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनिमा राखि अनुसन्धान बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर