Aamsanchar

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

Author Image
आइतवार, माघ १६, २०७३

उर्लाबारी ।

मोरङको सुन्दरदुलारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको को २ त ४३४६ नंको ट्र्याक्टरले एकैदिशामा रहेको को१८प ९३२९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार सुन्दरदुलारी–६ कै ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इप्रका, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । मोटरसाइकल चालक ३५ वर्षीय छविलाल चौधरी भने सामान्य अवस्थामा घर फर्किएका छन् ।
ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर