Aamsanchar

नेपाल, भारत र बङ्लादेशमा जलको अवस्था बुझ्न भ्रमण टोली

Author Image
आइतवार, माघ १६, २०७३

नवलपरासी ।

नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ ।

तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्नेछन् ।

आगामी फागुुुुुुुन ५ गतेदेखि नेपालबाट जाने भ्रमण टोलीमा नेपाल, भारत र बङ्गलादेश पाँच, पाँच गरी तीनै देशका पानीसँग सम्बन्धित १५ सरोकारवालाको सहभागिता हुनेछ ।

करिब १५ दिनसम्म तीनै देशमा पुगी टोलीले एक अर्काको देशको जल अवस्थाबारे छलफल गर्नेे भ्रमण टोलीमा सहभागी हुने गण्डक नदी नियन्त्रण सङ्घर्ष समिति, नवलपरासीका सचिव दूधनाथ गुप्ताले जानकारी दिनुभयो ।

सो टोलीमा प्रत्येक देशबाट एक एकजना एक्सन एडका प्रतिनिधि, जलको क्षेत्रमा काम गर्ने निकायबाट एकजना र अन्य तीन तीनजना जल अभियानकर्मी रहने छन् । सो भ्रमणका लागि एक्सन एडले आर्थिक सहयोग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१