Aamsanchar

सडेका चामल खाँदै आएका कैदीलाई ताजा चामल

Author Image
आइतवार, माघ १६, २०७३

खोटाङ,

जिल्ला कारागार खोटाङका कैदीबन्दीलाई गुणस्तरीय चामल उपलब्ध गराइएको छ । लामो समयसम्म कुहिएको चामल उपभोग गर्दै आएका कैदीबन्दीलाई नेपाल खाद्य संस्थान डिपो कार्यालय दिक्तेलले ‘सोना मन्सुली’ जातको नयाँ चामल उपलब्ध गराएको हो ।

कैदीबन्दीलाई कुहिएको चामल खुवाएको जनगुनासो आएपछि संस्थानले पुरानो चामल फिर्ता लगेर नयाँ उपलब्ध गराएको कारागारका जेलर चित्राखर आचार्यले बताउनुभयो ।

आर्थिक वर्ष २०७१/०७२ मा प्याकिङ गरिएको पुरानो चामल उपभोग गर्दै आएका कैदीबन्दीलाई संस्थानले ३० केजीको ४ सय ७२ बोरा नयाँ चामल उपलब्ध गराएको छ ।

कारागार निरीक्षणका क्रममा कैदीबन्दीले उपभोग गर्दै आएको चामल बोरामै चिल्सा परेको, भिजेर डल्लो परेको र सडेर कालो भएको पाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर