Aamsanchar

अधिवेशनको नाममा झापामा चन्दा आतंक

Author Image
आइतवार, माघ १६, २०७३

दमक :

मंगोल नेशनल अर्गनाईजेशन ( एमएनओ )ले झापाको दमकमा चन्दा आतंक मच्याएको आरोप व्यापारीहरुले लगाएका छन्। दमकमा फागुन २१ गते हुन लागेको पार्टीको १२ औ जिल्ला अधिवेशनका लागि एमएनओले जबर्जस्ती चन्द मागेको व्यापारीहरुको आरोप छ।

दमकको महेन्द्रा टु–हिव्लसका सञ्चालक मीनप्रकाश उप्रेतीले आफ्नो पसलमा उक्त अधिवेशनका १५ हजार सहयोगको पत्र आएको बताए।

‘सहयोग रकमको अपेक्षा स्वेच्छिक हुनुपर्छ,’ उनले भने। सञ्चारकर्मी समेत रहेका व्यवसायी उप्रेतीले एमएनओको पत्रले सबैलाई त्रास दिएको बताए। एमएनओका अधिवेशन तयारी समितिका संयोजक श्याम लिम्बुले पार्टीको जिल्ला अधिबेशनमा सबैसँग स्वेच्छिक सहयोग मात्र मागेको प्रतिक्रिया दिए।

व्यापारीहरुले कुमार लिङदेन नेतृत्वको लिम्बुवान पार्टीले समेत अधिवेशन सम्पन्न गर्नका लागि जबर्जस्ती चन्दा मागेको आरोप लगाएका छन्। दमकमा नै आइतबारदेखि लिम्बुवान पार्टीको अधिवेशन सुरु हुँदैछ।थाहाखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर