Aamsanchar

किसमिस खानुका फाइदा

Author Image
आइतवार, माघ १६, २०७३

खासगरी किसमिस अंगुरलाई सुकाएर बनाइन्छ। यही सुकेको अगुरलाई किसमिस भनिन्छ। यो किसमिस मानव स्वास्थ्यको लागि धेरै नै लाभकारी मानिन्छ। यसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ। कस्ता रोगीलाई स्वस्थ हुन् कसरी मद्दत पुर्‍याउँछ ?

मुटु रोगीलाई छुटकारा

किसमिसलाई पानीसँग सेवन गरेमा मुटुरोगीलाई निक्‍कै फाइदा पुर्याउँछ। यसले मुटु रोगीलाई चाहिने आवश्‍यक पौष्टिक तत्व र औषधिको काम गर्ने गर्दछ।

 

छालामा चमक ल्याउँछ

किसमिसले छालालाई चमकदार बनाइराख्छ। तपाईको छाला फुस्रो देखिएमा नियमित किसमिस सेवन गर्नुस् तपाईको छालाको चमक फिर्ता आउनेछ। शरीरलाई सुन्दर बनाउनुका साथै छालालाई स्वस्थ बनाउने गर्दछ।

 

पाचन क्रियालाई तन्दुरुस्त राख्छ
किसमिसले पेटको पाचन क्रियालाई पूर्ण रुपले तन्दुरुस्त राख्‍नुका साथै रक्तसञ्चार प्रणालीलाई ठीक बनाउने गर्दछ। तपाई सधैं पाँचनको हिसाबले फिट देखिनुहुन्छ।

 

कोलेस्ट्रोल कन्ट्रोल गर्छ

यदि तपाईलाई चाडैं नै थकाइ लाग्छ भने कब्जियतको सिकार हुनुहुन्छ। तपाईलाई एसिडिटी भएको हुन्छ। यस्तो बेलामा किसमिस पानीसँग मिसाएर खाएमा निको बनाउँछ। शरीरमा रहेको कोलेस्ट्रोल समेत कन्ट्रोल गर्छ।

 

लिभरसम्बन्धी तनावबाट मुक्त

यदि तपाई लिभर वा किड्नी सम्बन्धी कुनै प्रकारको बिरामीको सिकार हुनुहुन्छ भने नियमित किसमिसको सेवन गर्नुस्। यसले शरीरमा जम्‍मा भएर रहेको टक्सिनलाई बाहिर निकालेर किड्नीको रोग लगा्‍नबाट बचाउँछ।

 

रुघाखोकीमा आराम दिलाउँछ

यदि तपाईलाई रुघाखोकीले धेरै नै सताएको छ भने किसमिसको सेवन गर्दा यसले धेरै नै आराम दिलाउँछ।

Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर