Aamsanchar

मोहनबिक्रमको स्वास्थ्य अवस्थाबारे प्रधानमनत्रीको चासो

Author Image
आइतवार, माघ १६, २०७३

काठमाडौँ:

प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएका नेकपा ‘मसाल’का महामन्त्री मोहनबिक्रम सिंहलाई आइतबार अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिभएका छन्।

भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बताए।

चिनीरोग र फोक्सोमा पानी जमेको लगायतका समस्याबाट पीडित भएपछि नेता सिंह विगत चार दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन्। ‍८१ वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर