Aamsanchar

१० मा एक महिलालाई सेक्स गर्दा पीडा हुने अनुसन्धानको निष्कर्ष

Author Image
आइतवार, माघ १६, २०७३

एजेन्सी :

एक अध्ययनले प्रत्येक १० मा एक महिलालाई यौन सम्पर्कको समयमा पीडा हुने गरेको देखाएको छ। बेलायती जर्नल ‘अब्टेरिज एण्ड गाइनेकोलोजी’ का अनुसार सामान्य र सबै उमेरका महिलालाई यस्तो पीडा हुनसक्छ । यसलाई ‘डायसपरेउना’ भनिन्छ ।

यो अनुसन्धान बेलायतका १६ देखि ७४ वर्ष उमेरका महिलामा गरिएको थियो । अनुसन्धानले १० मा एक महिलालाई यौन सम्पर्कको समयमा निकै पीडा हुने गरेको निष्कर्ष निकालेको हो ।

अनुसन्धानका अनुसार विशेषगरी ५० वर्षको अन्तिम र ६० वर्षको सुरुका महिला यसबाट प्रभावित हुन्छन् । उनीहरुलाई १६ देखि २४ वर्षमा नै यो समस्या देखिने गरेको छ।

चिकित्सकले यो समस्याको उपचारका लागि विभिन्न विधिको अनुसन्धान जारी राखेका भए पनि धेरैले समस्याबाट मुक्ति पाउन नसकेको बिबिसीले जनाएको छ।

उक्त अनुसन्धानले यौन अंगमा हुने सुख्खापन, शारीरिक सम्पर्कको समयमा सिर्जना हुने असहज परिस्थिति महसुस हुनुले समेत यौन सम्पर्क पीडादायी हुने देखाएको छ ।

केही महिलाले यौन सम्पर्कको समयमा अत्याधिक पीडा हुने भएकाले सम्पर्क नै नगर्ने गरेको समेत बताएको अध्ययनमा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर