दमक :

लिम्बु विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा फिपराज बेघा चयन भएका छन्। इलामको बाँझोस्थित माङसेवुङमा आइतबार सम्पन्न आठौ राष्ट्रिय महाधिवेशनले मञ्चको अध्यक्षमा बेघालाई सर्वसम्मत चयन गरेको हो।

उनी मञ्चको यसअघिको कार्यसमितिमा कोषाध्यक्ष थिए। यसैगरि मञ्चको वरिष्ठ उपाध्यक्षमा नितेश सिङ्गक, महिला उपाध्यक्षमा दीपा लक्सम, उपाध्यक्षहरुमा बुद्ध थाम्सुहाङ, जीवन थलङ, जलन आङ्बुहाङ, घनेन्द्र जबेगु र अभिसेक माबो चुनिए।

महासचिबमा सुबास खुदाङ, उपमहासचिवमा उत्सब सम्बाहाङ्फे, ज्वाला इम्बुङ, सचिवमा सन्ध्या फियाक, मिक्सो शेर्मा, योबाहाङ तुम्बाहाम्फे र कोषाध्यक्षमा बिक्रम शेर्मा चुनिएका छन्।

यसैगरि सदस्यहरुमा प्रदीप नेयोङ, जितेन साउदेन, मधु केरुङ, रामकुमार लिम्बु, ममता लावती, आइतमाया सेरेङ, राजेश इवाहाङ, अरुण लाबुङ, प्रबिण सेलिङ, बुद्दी लिम्बु, सेरसिङसेमी तुम्बापो, दमन्ता साम्बा, मनकुमार योङ्हाङ, सारदा मादेन, टुनाहाङ चोङ्बाङ, तारावीर मरोहाङ, इन्दु पालुङ्वा चयन भएका छन्।

