Aamsanchar

स्वास्थ्य शिविरमा चार सय बढी लाभान्वित

Author Image
सोमवार, माघ १७, २०७३

पाँचथर।

पाँचथर जिल्लाको विकट र दुर्गम गाविसलाई लक्षित गरी आयोजना गरिएको दुई दिने स्वास्थ्य शिविरमा ४०० बढी सेवाग्राही लाभान्वित भएका छन् ।

नेपाली सेना,भैरवीदल गण पाँचथर र जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ४२४ जना सेवाग्राही लाभान्वित भएका हुन् ।

जिल्लाको आङ्ना, मौवा र वलने गाविसका स्थानीयलाई लक्षित गरी मौवाबजारमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा हाडजोर्नी, बाथरोग, मधुमेह, पेट दुख्ने छालासम्बन्धी बिरामी र म्रिगौला परीक्षण समेत गरिएको थियो । त्यस ठाउँका महिला पुरुष गरी २५३ जना बिरामी लाभान्वित भएको भैरवीदलका गणपति शिवराम पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार कुरुम्बा, लिम्बा र दुरदिम्बा गाविसका स्थानीयलाई लक्षित गरेर पाँचथर र धनकुटाको सिमाना ६ नम्बर बुधबारेमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७१ जना सेवाग्राही लाभान्वित भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर