सुरेश खतिवडा-
उद्घाटनको शैलीले नैसबैको मन छोएको “प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’’ को फार्मेसी व्यवस्थापन तथा निःशुल्क औषधि वितरणको जिम्मेवारी पाएकोमा मलाईत्यतिबेला खुशी लाग्यो जब पहिलो दिननै बुढ्यौलीपनले छोएका सत्र सयभन्दा माथिको संख्यामा हजुरबुबा, हजुरआमाहरु जेरियाट्रिसियन, नशा या बरिष्ठ फिजिसियनलाई भेटे पछि पनि अन्त्यमा मसँगै प्रत्यक्ष वार्तालाव गर्दै औषधी, भिटामिन लगायत दुखाईकम गर्ने मलहम लिएर जानु भयो ।
तीर्थ, ब्रत, पुराण– महापुराण भन्दा पनि पुण्य कमाएको अनुभव गरे जब मेरा दुबैकान नसुन्ने र नबोल्ने बुबा र फूपुलाई एक छिन फुर्सद निकालेर त्यस दिनको विशेष सेवा लिन डो¥याएंँ अनि त्यस्तै अन्य अपाङ्ग र असाह्यहरुलाई….।
मलाई निर्देशनात्मक आग्रह गर्ने ती नेताले ठीक ठाउँमा मलाई उभ्याईदिएछन् भन्ने त्यतिबेला लाग्यो जब मैले स्वास्थ्यकर्मीहरु, औषधि व्यवसायीहरु, नेपाल सि.एम.ए. संघका साथीहरु लगायत फार्मेसी गरेका सबै मित्रहरुलाई पालैपालो मिलाएर पुण्य कमाउने मौका दिलाए भने मेरा मित्रहरु लाई मेचीनगर लेडिज जेसिसको क्यान्टीनबाट प्रत्येक दिन फरक फरक स्वादमा निर्मित खाजाको परिकार, मिठो चिया र आयोजकले औषधालयमा नै आए र छिन छिनमा दिने हौसला र प्रेरणाले काम गर्न स्फुर्ति दिलाई रहन्थ्यो ।
प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव हुनु भन्दा दुई महिना अगाडिबाट शुरु भएको प्रत्येक हप्ता एक गाउँ एक निःशुल्क स्वास्थ्य शिविरले नै स्वास्थ्य महोत्सवको अपरिहार्यता औंल्याएको थियो । शान्तिनगरकै स्वास्थ्य शिविरबाट झापाका गाउँ गाउँ घुम्न निस्किएको टोली यती सम्म समर्पित बन्यो कि स्वतःस्फुर्त आआफ्नो क्षेत्रगत कौशलता प्रदशर्निमा लाग्यो ।
अन्ततः सबैक्षेत्रको यस्तो संयोजन, समायोजन र समन्वयमा कार्यक्रम सम्पन्न भयो जसमा मेरो टिमले मात्र प्रत्यक्ष रुपमा नयाँ पुर्जामा करिव २१ हजारलाई निशुल्क औषधि दियो भने पहिलो दिनको पुर्जामा आफूलाई आवश्यक परेका विशेषज्ञ खोजीखोजी जँचाएर औषधि लानेको दिनदिनै औषधालयमा बढेको चाप समेत जोड्दा औषधालयको टोलीले करिव तीस हजारभन्दा माथि बिरामी पुर्जालाई निःशुल्क औषधि वितरण गर्ने मौका पायो ।
प्रत्येक दिन अनुभवी फार्मेसी कोर्ष गरेकाहरुको नेतृत्वमा नै व्यवस्थित रुपमा आठ जनाको टोलीले निरन्तर निःुशल्क औषधि वितरण गरिरहेको दृष्यले नयाँ आगन्तुकलाई यहाँ के भइरहेछ भन्ने कौतुहलताले एक पटक औषधालय नपुगी नसक्ने बनाउँदथ्यो । आमा, बुबा, काका, काकी, हजुरबा, हजुरआमा, मामा माइजूहरु सबैमा औषधालय पुग्ने हतारो रहेको दृष्य त्यहाँ देखिन्थ्यो ।
यसमा सहभागी जनाउनेको पुर्जाको ठेगाना हेर्दायो राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रियस्तरको भएको भान हुन्थ्यो किनकि भारतको पानीटंकी, बतासी, नक्सल। सिलगुढी, आसाम र बिहार मात्र होइन भुटान र बंगालादेशका धेरै समूह भेटियो ।
सबै विधामा सिनियर कन्सल्टेन्टले औषधि वितरण गर्न दिइएको निर्देशनले साना साना पनि गल्ती नगरिकन छोटो समयमा गर्नुपर्ने डिस्पेन्सिङमा सबैले केही सिक्ने अवसर त पायौं नै आफ्नो व्यापारमुखी जीवन शैलीलाई सेवामा ढाल्नु पर्दछ भन्ने ज्ञान प्राप्ती सबैभन्दा ठूलो र महत्वपूर्ण रह्यो ।
भाषणरहित, आसन ग्रहण रहित, कतैकसैलाई सम्मान र बोलावट नगरिकन, राजवंशी बहिनीको उद्घोष सँगै प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव लेखिएका रङ्गी चङ्गी बेलुनहरु उडाएर, राष्ट्रगान, दशजनाले रक्तदान, दश जना दर्ता, दश जना चेकजाँच, दश जना विभिन्न भेषभूषका नानीहरुको संग संगै दस पनाले रक्त दान, दस जना दर्ता, दस जना बृद्ध बृद्धाको चेक जाँच दस जना बिभिन्न भेष–भुषाका नानिहरुको उपस्थिति लगतै सन्थाल जातिको नृत्यसहित उद्घाटन भएको प्रथम महोत्सवको अन्त्य पनि फरक शैलीमा भएको पाएँ ।
यहाँको मञ्चमा कुनै मन्त्रीहरु उपस्थित थिएनन थियो त केबल स्वास्थ्यका लागि हासौं भन्ने विष्यामा हस्यौली पाराको गफगाफ जसले साताभरमा थलिएको शरीलाई इन्र्जेटिक बनाइएको थियो भने मेचीनगरवासीलाई करिव साढे दस बजेसम्म रोमाञ्चक ……….धिमाल, मेचे, नेवार, लिम्बू, सन्थाल जातिको नाच तथा नेपाली संस्कृति झल्कने गतीविधी मात्र प्रस्तुत गरिएको समापन कार्यक्रमका डिजाइनर रुपसागरले हिन्दी गितलाई निषेध गरेका थिए ।
सभ्य र भब्य रुपमा सम्पन्न कार्यक्रमका प्रेत्यक इभेन्ट्सलाई मनोज भाईले चलाएको महोत्सवको पेजले घरमानै बसी बसी अव्डेट हुन सक्ने बनाईरहेको थियो । राष्ट्रिय स्तरका कलाकारको राष्ट्रियता झल्कने र खराब राजनिती चरित्रका नेताहरुलाई गरिएको व्यंगात्क प्रहारले सबैको मन छोएको भान हुने गरि तालिको गडगडाहाट सुनिन्थ्यो ।
व्यक्तिगत रुपमा भन्नु पर्दा यो राष्ट्रिय स्वास्थ्य महोत्सवको लोगोलाई क्षेत्र रहे या नरहे संरचना फेरिए या नफेरिए अर्कोपटक फुत्किएर अर्को स्थानमा जान दिनु हुँदैन भन्ने मेरो ब्यक्तिगत बिचार रहे पनि महोत्सवमा देखिएको आवश्यकता, उत्साह र कौतुहाताले मुलुकै सबै लाई एकै पटक सेवा दिने गरि महोत्सव आयोजना गर्ने इच्छा जागेकोछ । राजधानी या केन्द्रमा मात्र कार्यक्रमहरु गर्दा सफल र राष्ट्रियस्तरका हुन्छन् भन्ने पुरानो नारा र मान्यतालाई जसरी यो स्वास्थ्य महोत्सवले चिरेको छ ।
त्यसरी नैसबैक्षेत्रमा तरङ्ग ल्याउने प्राकृतिक योजनाहरु निरन्तर आइरहनु पर्दछ । जसमा जनतालाई प्रत्यक्ष फाइदा पुगोस् यसरी नै अन्य ठाउका इन्द्रहरु, बिजय, पुष्प, खड्ग, मनोज र रुपसागरहरु सक्रिय हुन जरुरीछ । निस्वथ्र्य जनताका सेवामा लाग्ने यस महोत्सवका परिकल्पनाकार जस्ता यस धर्तीमा जन्मि सकेका पात्रहरु खुलेर जनतामाझ आउन जरुरीछ ।