काठमाडौंः
ब्यवस्थापिका-संसद लेखा समिति सभापतिमा कांग्रेस-माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय विजयीभएका छन् ।
उपाध्यायले २३ मत लिई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका पशुपति चौलागाईले १६ मत ल्याएका थिए । सभापतिका लागि भएको मतदानमा ३९ मत खसेको थियो ।
लेखा समितिमा नेपाली कांग्रेस र एमालेका १५/१५ सदस्य छन् भने माओवादी केन्द्रका ७ सदस्य छन्। त्यस्तै राप्रपाका दुई र अन्य साना दलका १० सदस्य छन्। लेखा समिति ५१ सदस्य हुने व्यवस्था छ।
माओवादी नेता जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि सार्वजनिक लेखा समिति सभापति पद रिक्त थियो । कपिलवस्तुको गजेहडाका उपाध्याय समानुपातिक माओवादीका सांसद हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 182