Aamsanchar

तरुणदलको आक्रमणबाट युवासंघका कार्यकर्ता घाइते

Author Image
सोमवार, माघ १७, २०७३

धरान:

दुई युवाबीचको झगडा मिलाउन बसेका तरुणदल सुनसरी उपाध्यक्ष सन्तोष विक र युवा संघका सुनसरी सदस्य दिवस राईको समूहबीच आइतबार राति धरानमा झडप भएको छ। झडपका क्रममा तरुणदलका विक लगायतका व्यक्तिको आक्रमणमा परी युवासंघका जिल्ला सदस्य राई गंभिर घाईते भएका छन्।

आईतबार राति धरान-१९स्थित शिवमार्गको होटल तासघरमा माघ १० गते धरानकै सुमित तामाङ मनोज लिम्बूबीच भएको झगडा मिलाउन छलफल चलिरहेको विषयमा विवाद चर्किदा तरुणदलका जिल्ला उपाध्यक्ष विक लगायतका व्यक्तिहरुले युवासंघका दिवस राईमाथि खुकरी प्रहार गरी गंभिर घाईते बनाइएको प्रहरीले बताएको छ।

कुखरी प्रहारबाट टाउको कञ्चट र दाहिने हात लगायतका शरिरका विभिन्न भागमा गंभिर चोट लागेका राईको अवस्था चिन्ताजनक रहेको छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ।

युवासंघका केन्द्रिय सदस्य ज्ञानदिप लिम्बुले युवासंघका कार्यकर्ता राईमाथि खुकुरी प्रहार गर्ने तरुणदलका जिल्ला उपाध्यक्ष विक लागयतका दोषिलाई तत्काल पक्राउ गरी कानुनी कार्वाहि गर्न माग गरेका छन्।

युवासंघका राईमाथि खुकुरी प्रहार गर्नै विक काग्रेस महाधिवशन प्रतिनिधि पनि हुन्। विक र राई विगत लामो समयदेखि धरानमा रानैतिक संरक्षणको आडमा गुण्डागर्दी मच्चाउदै व्यपारी र व्वसायीहरुमाथि चन्दा असुलि, अपहरण, जस्ता ग्रैहकानुनी क्रियाकलाप जस्ता घटनामा संलग्न रहदै आएका छन्।

पछिल्लो समयमा विक काग्रेस र राई एमालेको आडमा धरानमा गुण्डागर्दी गर्दै आएका स्थानियवासिन्दाको आरोप छ। विक यस अघिगत असारमा संघिय लिमबुवान पार्टीका प्रकास लिमबु र अजय राईलाई समेत धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको घटनामा ज्यान मार्ने उद्योग सम्बन्धि विचाराधिन मुद्धामा जिल्ला अदालतबाट तारिखमा छुटेका प्रतिवादी हुन्। पटक पटक गैरकानुनी क्रियाकलाप गर्दै आएका विकलाई काँग्रेस पार्टीले समेत कारबाही गर्न सकेको छैन्। विक र राईको समूहविच २०६७ सालदेखि नै झडप हुँदै आएको थियो।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले युवासंघका दिवस राईमाथि खकुरी प्रहार गर्ने तरुणदलका जिल्ला उपाध्यक्ष सन्तोष विकलाई पक्राउ गरी नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भैरहेको बताएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर