Aamsanchar

मङ्गलबारे अस्पतालमा रेबिज सुईको अभाव

Author Image
मङ्गलवार, माघ १८, २०७३

उर्लाबारी (मोरङ) ।

मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ ।

सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । महँगो शुल्क तिरेर सुई लगाउनुपर्दा बिरामी मर्कामा छन् । निःशुल्करुपमा पाइने सुई निजी क्लिनिकबाट रु ६०० तिर्नुपर्दा बिरामी मर्कामा परेका छन् ।

सरकारको सरुवा रोग नियन्त्रण महाशाखाले पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोरबाट अस्पताललाई मासिक १५० डोज आउने सुई ३० जना बिरामीलाई मात्र पुग्छ । मङ्गलबारे अस्पतालमा दैनिक दुईजना बिरामी रेबिज रोगविरुद्धको सुई लगाउन आउने गरेको अस्पतालका निमित्त प्रमुख डा राज झाले बताउनुभयो ।

उहाँले भन्नुभयो– “बिरामीको सङ्ख्या मासिक ६० भन्दा बढी हुन्छ । सरकारले उपलब्ध गराएको सुईले ३० जनालाई मात्र पुग्छ ।” रेबिज रोगविरुद्धको सुई पहिलो, तेस्रो, सातौँ, चौधौँ र २८ औँ दिन गरी जम्मा पाँचपटक लगाइन्छ ।

मङ्गलबारे अस्पतालमा झापाको दमक, इलामको साक्फारासहित मोरङको इटहरा, सिजुवा, मधुमल्ला, रमितेखोला, लेटाङभोगटेनीलगायतका क्षेत्रबाट पनि बिरामी रेबिज सुई लगाउन आउने भएकाले सुई अभाव भएको डाक्टर झाले बताउनुभयो ।

मोरङ जिल्लामा कोसी अञ्चल अस्पताल, रङ्गेली अस्पताल र मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्धको सुई निःशुल्करुपमा उपलब्ध हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर