Aamsanchar

सुदुरपश्चिम–११ लाई रमपम झापा ११ ले ४–० अन्तरले हरायो

Author Image
बुधवार, माघ १९, २०७३

बिर्तामोड । आयोजक टोली रमपम झापा–११ ले झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ । डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा झापाले सुदुरपश्चिम–११ लाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
यी दुई टोलीबीचको खेल सुरुवातमा निकै प्रतिस्पर्धात्मक देखियो । तर, दोस्रो हाफपछि सुदुरपश्चिमले लय गुमाएको थियो । पहिलो गोल भने झापाले उपहारस्वरुप प्राप्त ग¥यो । पहिलो हाफको ३०औँ मिनेटमा झापा ११ का विदेशी खेलाडी मार्टिनको प्रहार सुदुरपश्चिमका खेलाडी राकेश हमाललाई टच हुँदै गोलमा परिणत भयो ।

दोस्रो हाफमा झापाले ३ गोल ग¥यो । खेलको ४६ औँ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै अग्रता २–० पु¥याए । बुद्धको कडा प्रहार सुदुरपश्चिमका गोलरक्षक टेकेन्द्र थापाले रोक्नै सकेनन् । झापाका लागि तेस्रो गोल ४८ औँ मिनेटमा विदेशी खेलाडी मार्टिनले गरे । मार्टिनको प्रहारमा सुदुरपश्चिमका गोलरक्षक थापा बिट भएका थिए । ८८औँ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को जीत सुनिश्चित गरे ।
दिलेन लोक्तामको पासमा मार्टिनले गोल गरेका हुन् । यसअघि खेल सुरु भएको चौथो मिनेटमा सुदुरपश्चिमका विक्रम सिंहको प्रहार बाहिरियो । ९औँ मिनेटमा झापाका पिटरको पासमा बुद्ध चेम्जोङको प्रहार पोलमा ठोक्किएर फर्कियो । दोस्रो हाफको २०औँ मिनेटमा झापाका बुद्ध चेम्जोङको कडा प्रहार बाहिरियो । दोस्रो हाफकै २२औँ मिनेटमा सुदुरपश्चिमका धनु थापाले प्रहार गरेको फ्रि–किक गोलमा परिणत हुन सकेन । खेलको अन्त्यतिर सुदुरपश्चिमले गोल गर्ने केही अवसर खेर फालेको थियो । बुधबारको खेलमा रेफ्रीले कुनै पनि कार्ड खर्चेनन् ।
यसअघि झापा–११ र सुदुरपश्चिमको पछिल्लो भेट राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भएको थियो । डोमालाल राजवंशी रङ्गशालामा भएको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । त्यसअघि सुदुरपश्चिमकै मैदानमा भएको एउटा खेलमा झापाले सुदुरपश्चिमलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने झापा–११ का खेलाडी मार्टिन घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक केशव लामालाई एक्सपर्ट म्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।
बिहीबारको खेल मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच हुने आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले जानकारी दिए । एनआरटीले नेपाल पुलिस क्लबलाई हराएर अघिल्लो चरण प्रवेश गरेको थियो । मनाङ मस्र्याङ्दीमा अनिल गुरुङ, विराज महर्जन, विसाल राई बी, कमल श्रेष्ठ, रोहित चन्द, विक्रम लामा लगायतका भरपर्दा खेलाडी छन् ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
झापा गोल्डकप आयोजक समितिले गोल्डकपको दीगो विकासका लागि अभियानसमेत सुरु गरेको छ । समितिले गोल्डकपको संस्थापक सदस्यता प्रदान गर्न सुरु गरेको हो । अहिलेसम्म सय जनाभन्दा बढी संस्थापक सदस्य बनिसकेको गोल्डकप मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

गोल्डकपको संस्थापक सदस्यको सङ्ख्या दुई सयभन्दा माथि पुग्ने गिरीले बताए । संस्थापक सदस्यता शुल्क न्यूनतम् २१ हजार रुपैयाँ तोकिएको छ । बर्षेनि चन्दा मागेर गोल्डकप सञ्चालन गर्दा गोल्डकपको विकास दीगो रुपमा हुन नसक्ने निष्कर्षसहित समितिले अबको वर्षबाट गोल्डकप सञ्चालन गर्न चन्दा उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्ने बताइएको छ । 

आजीवन सदस्यताका लागि बिर्तामोड उद्योग वाणिज्य संघमा सचिवालय राखिएको छ । संस्थापक सदस्य बन्न चाहनेले फोटो र नागरिकतासहित सचिवालयमा उपस्थित हुनुपर्ने अध्यक्ष गिरीले बताए ।

फोटो :  विनोद पाण्डे(कमल)/आमसंचार

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर