Aamsanchar

जातको विभेदका कारण , प्रेमको आहुती कहिले सम्म ?

Author Image
शनिवार, माघ २२, २०७३

हिमा रसाईली ,

भनिन्छ प्रेम त सुन्दर फुल हो अनि प्रेम गर्ने व्यक्ति त्यो सुन्दर फुलको माली । पक्कै होनी जसरी मालीले जहिल्यै पनि आफ्नो बंगैचाको फुल फुलेको हेर्न खोज्छ र त्यहि फुलेको फुल हेरेर खुसी हुन्छ त्यसरी नै साचँो प्रेम गर्ने जोडिले जहिले पनि आफ्नो प्रेम फुलेको हेर्न खोज्छ अर्थात प्रेममय सुखद मिठो आभाषका साथ जीवन जीउन चाहन्छ तर यो स्वतन्त्रता कहाँ छ र छुवाछुतको धमिराले भित्रै देखि खाएको खोक्रो हाम्रो समाजमा । बरु उल्टै प्रेम जस्तो सुगन्धीत फुललाई जरै बाट उखेल्न तल्लिन छ ।

तर किन रु सभ्य मानिएको हाम्रो समाजमा जातिय आधारमा भेदभाव गरेर आफुलाई उदांगो बनाउँछौ । तातो अनि रातो रगत उहि ,मान्छे उस्तै ,प्रेमका अनुभुती उस्तै तर किन बुझेर बुझ पचाउँछौ सोध्न मन लाग्छ मलाई अहमताको ठेक्का लिने ठेकेदारलाई रु आखिर कहिले सम्म कथित दलितको नाममा चोखो प्रेमलाई आहुति दिनुपर्ने अनि प्रेम गर्नेहरु बली चढ्नु पर्ने रु समनताको नाटक गरेर आवज ठुलो बनाउनेले मन अनि गरिने व्यवहारलाई पनि त्यस्तै ठुलो र फराकिला बनाइ दिऐ रुदैन थिए मान्छे ज्यादतीमा परेर ।

हुन त आशा र विश्वास गर्न मन लाग्छ खोक्रो समाज सभ्य, सजिएर आउँछ भनेर तर खै किन किन कथित दलितको नाममा घटेका मर्माहित घट्नाले वर आउलाँ झ ै गरेका आशा र विश्वासको त्यो किरण पर देखिएको क्षितिजमा रुमलिन खोज्छ ।
कस्तो विडम्बना पे्रमलाई अमर राख्न मृत्यु अंगाल्नुपर्ने । प्रेमले त लडेको लाई उठाँछ , हरेक सकारात्मक काम गर्न प्रेरित गर्छ , जिवन सुखमय बनाउँछ इतिहास हेर्दा प्रेमका अगाडी सबै झुकेका छन् तर छुवाछुत जस्तो घृणित कार्य गर्ने ,अमानविय व्यवहार गर्ने सँग आज चोखो प्रेम झुकेको छ साच्चँै नमिठो लागेको छ । दिल अनि दिमागमा प्रश्न धेरै खडा भएका छन् । हरेक बहानामा अद्भुत पे्रमले यो ढोंगी समाजमा कहिले सम्म घोडा टेक्नु पर्ने हो भनी ।

समाजको यस्तो पराकाष्टको पछिल्लो ृृउदाहरण हेर्न कहाँ टाढा जानु पर्छ र । राजनितिक ,शैक्षिक ,चेतना अनि अन्य धेुरै क्षेत्रमा अघि रहेको भनिएको सुगम जिल्ला झापामा भर्खरै घटेको घटनाको कुरा गरौ न । जातिय छुवाछुतको कारणले ,अन्तरजातिय प्रेममय जिवन जिउन पाउने असहज अवस्था देखेर प्रेम बचाउन देह त्याग्नु पर्ने बाध्यता छ ।

झापाको दुर्गापुर मन्सापुरका कथित उपल्लो जातका लोकनाथ भट्टाराई र कथित दलित समुदायकी अस्मिता तोलांगी सार्की बिचको अद्भुत प्रेमले साकार रुप लिन नपाउँदा निम्तिएको घटनाले हामी समान मानविय व्यवहारको कति उचाइमा रहेछौ आकलन गर्न सकिन्छ ।
कति रहर थिए होलान लोकनाथ र अस्मितालाई आफ्ने नाम जस्तै अस्मिताका साथ यो लोकमा जिउने तर यो जिउने स्वतन्त्रता पनि पाएनन् किन त भन्दा कारण स्पष्ट छ हाम्रो समाजले अन्तरजायि विवाहलाई सहर्ष स्वइकारर्न नसक्ने कमजोरीको परिणाम नै त होनी ।

यी दुईले एकअर्कामा अंगालिएर गरेको आत्महत्याको त्यो पे्रमिल तर दुखद दृश्य देख्दा कति धेरैले सम्झिए होलान् आफ्ने प्रेमलाई पनि जातकै कारणले जिउँदै बलि चढाएर पल पल तड्पिएको । हाम्रो वरपर धेरै छन् जातकै कारणले छुट्याइएका प्रेम सम्बन्धका डोवहरु । आखिर कहिले सम्म थप्ने बाध्यतामा जलेर टुटेका प्रेम सम्बन्धका डोवहरु ।
हुन त व्यवहार र बोली समान हुदो हो त विकल्पमा आत्महत्या रोज्नै पर्दैन थियो होला तर आत्महत्या समस्याको समाधान होइन डटेर सामना गर्नुपर्छ ।आत्महत्या गर्नु अपराध हो यसो गर्नु हुदैन । सभ्य अनि विकसित ,सबैको सम समाज निर्माणको लागी छुवाछुत जस्तो घृणीत अनि निच ,संकुचित सोचको अन्त्य गरौ होइन भने भोली फेरी छुवाछुतकै कारणले अर्को घट्ना नघट्ला भन्न सकिन्न …
[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 532

प्रतिक्रिया (०)

सम्बन्धित खबर