Aamsanchar

मदिरा व्यवसायीको गुनासो

Author Image
शनिवार, माघ २२, २०७३

काठमाडौँ।

मदिरा उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो सम्बन्धित उद्योगी एवम् व्यवसायी गरेका छन् ।

नेपाल मदिरा व्यवसायी महासङ्घको १३ औँं वार्षिक साधारण सभाका वक्ता व्यवसायीले सरकार र समाजबाट आफूहरु अपमानित भएको गुनासो गरेका हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीप्रति अनुदार भएकाले मुलुक आर्थिक समृद्धिमा अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले मुलुकका लागि कर तिर्ने व्यवसायीको सम्मान हुनुपर्नेमा जोड दिँदै मदिरा व्यवसायीका समस्यालाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

मदिरा व्यवसायी महासङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले मुलुकको कुल राजस्वको १७ देखि २० प्रतिशत हिस्सा मदिरा व्यवसायबाट उठ्ने गरेको तथ्याङ्क प्रस्तुत गदै मदिरा व्यवसायीलाई हेलाँ गरिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वतःस्फूर्त राज्यलाई कर तिरेका छौँ, तर सरकारबाटै पीडित भएका छौंँ । कम्पनीले पनि हाम्रा समस्यालाई सुन्दैन ।”

त्यसैगरी, महासङ्घका महासचिव विष्णु खड्काले व्यवसायी र उद्योगी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुपर्ने बताउनुभयो । घरेलु उत्पादन तथा आयातित मदिराको खुद्रा बिक्री मूल्य तोक्ने कार्यलाई राज्यले ध्यान दिनुपर्ने उहाँको सुझाव थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर