Aamsanchar

युएईमा प्रवासी नेपालीमंचको परिषद भेला सम्पन्न

Author Image
आइतवार, माघ २३, २०७३

भरत शिवाकोटी

[युएई]

एमाले जनसंगठन प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटीको आयोजनामा दोस्रो रास्ट्रिय परिषद भेला तथा प्रशिक्षण कार्यक्रम ३ फेव्रुवरी २०१७ मा युएईको राजधानी अबुधाबी स्थिति अरब उडुपिमा सम्पन्न भएको छ |

नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव तथा पोलिटव्युरो सदस्य प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेस अतिथीका रुपमा युएईका लागि नेपाली राजदुतावासका महामहिम कार्यवाहक राजदुत नेत्र बहादुर टन्डनको उपस्थिति रहेको थियो भने अतिथीहरुमा प्रवासी नेपाली मंच युएईका निवर्तमान अध्यक्ष प्रकाश कोइराला, सल्लाहाकार समितीका संयोजक तारापती सुवेदी, प्रवासी नेपाली एकता समाज युएईका अध्यक्ष शशी सिलवाल, नेपाली जनसम्पर्क समिती युएईका सभापती चित्र के.सी. ,युएई एकता समाजका अध्यक्ष जय वि.क. ,पत्रकारहरु लगायत युएईको विभिन्न स्थानहरुबाट आएका एमाले नेता कार्यकर्ताहरु तथा समर्थकहरुको बाक्लो उपस्थिती रहेको थियो |

प्रमुख अतिथी, विशेस अतिथी र मंचका अध्यक्ष एवं कार्यक्रमका सभापती श्याम कडेंलले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरेर उदघाटन गरेको कार्यक्रममा विशेस अतिथी महामहिम राजदुत नेत्र बहादुर टन्डनले युएईमा रहेका नेपालीहरुका पक्षमा दुतावासले गरेका कामहरुको चर्चा गर्दै आगामी दिनमा सिमीत साधन र स्रोतका बाबजुद थप कार्यहरु गर्दै लैजाने प्रतिबद्दता व्यक्त गरेका थिए |

प्रमुख अतिथी एमाले सचिव प्रदिप ज्ञवाली ले मुलुकलाई समृद्दिको दिशातर्फ लानुपर्ने धारणा राख्दै यसमा प्रवासीहरु केवल रेमिटयान्स भित्रयाउने माध्यम मात्र बन्न नसक्ने र उनीहरु सदभाव दुत जस्तै बन्नपर्ने धारणा राखेका थिए |

नेपालको भविष्य उज्जवल रहेको र त्यसलाई साकार बनाउन ओली सरकार लाग्दा के गल्ति भयो र सरकार परिवर्तन गरियो भन्ने प्रशनको जवाफ वर्तमान सरकार सँग नभएको उल्लेख गर्दै ज्ञवालीले प्रवासमा रहेका नेपालीहरुले देश विकास र आर्थिकसमृद्दिका निमित्त साझेदारी गर्नपर्ने आवश्यकता रहेको औंल्याए |

उनले क्षणीक स्वार्थका निमित्त कसैले पनि देशलाई बन्दि राख्न नहुने भन्दै संबिधान निर्माणमा सानातिना कमजोरी भएपनि धेरै विषयमा नेपालको संविधान दक्षिण एशियाको उत्कृस्ट छ भनेर प्रमाणित गर्न सकिने बताएका थिए |

प्रवासीहरुको मताधिकार प्रवास बाटै व्यक्त गर्ने व्यवस्था मिलाउन एमाले प्रतिबद्द रहेपनि यो लगायत अन्य रास्ट्रिय हित तथा स्वाभिमानका एजेन्डामा एमालेलाई खुइल्याएर भ्रम फिजाउनेहरु आँफै पतनतिर उन्मुख रहेको बताउँदै उनले एमाले कसैलाई मन पर्ला वा नपर्ला,एमालेले चुनाव जित्ला वा नजित्ला तर एमालेले देशलाई जिताएरै छाडने र त्यो जित जनताको लोकप्रियताले एमालेको नै हुनेमा एमाले ढुक्क रहेको बताएका थिए |

कार्यक्रममा अन्य अतिथीहरुले समेत शुभकामना मन्तव्य राख्दै एमालेले देश र जनताको पक्षमा लिएको अडान प्रशंसा गर्न लायक रहेको बताएका थिए | भेलाको दोस्रो सत्रको बन्द सत्रले राजनैतिक,सांगठनिक,आर्थिक प्रतिवेदनहरु माथि छलफल गर्दै सुझाव सहित पारित गरेको छ भने मंचका कार्यवाहक महासचिव रहेका भेषराज ढकाल लाई महासचिव तथा सदस्य प्रविण पोखरेल लाई सचिवमा पदोन्नती गरेको छ,त्यस्तै रास्ट्रिय कमिटी सदस्यहरुमा भरत शिवाकोटी,मित्रलाल पोखरेल र तिर्थराज भट्टराई लाई पदपूर्ति गर्ने प्रस्ताव अनुमोदन गरेको छ |

उक्त कार्यक्रममा कांग्रेश,माओवादी केन्द्र तथा स्वतन्त्र व्याक्तिहरु एमाले प्रवेश गरेका थिए भने प्रवासी नेपाली मंच युएईकोपार्टी काममा योगदान गर्नेभिमनारायण श्रेष्ठ,भरत शिवाकोटी,सुवास शर्मा,मित्रलाल पोख्रेल,तिलक खनाल,दुर्गालाल शर्मा,नारायण अधिकारी,सुर्य पाठक,कृष्ण भट्टराई,टक बा. गुरुङ र सुर्य गिरीलाई प्रशंसा पत्र सहित नेपाली ढाका टोपी लाएर प्रमुख अतिथी एमाले सचिव ज्ञवालीले सम्मान गरेका थिए |

प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटीका अध्यक्ष श्याम कडेंलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कमिटीका सचिव कृष्ण पौडेल ले राखेका थिए भने संचालन श्याम पाठकले गरेका थिए |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर