पाँचथर :
जिल्लाको भारपा–५ मा एक व्यक्तिको घर पूर्णरुपमा जलेर नष्ट हुँदा २० रुपैयाँ लाख बराबरको क्षति भएको छ।
स्थानीय टीकाराम श्रेष्ठको घरमा विद्युत सर्ट भई लागेको आगोबाट घरमा भएको नगद ४० हजार, अढाई तोल सुन,एक सेट सोलार, लत्ताकपडा, भाँडावर्तनलगायत जलेर नष्ट भएको प्रहरी चौकी जोरपोखरीका प्रमुख जितबहादुर तामाङले जानकारी दिए।
उनले ती सबैको मूल्य जोड्दा झन्डै २० लाख रुपैयाँ बराबर हुन आउने बताए। स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना र वारुणयन्त्रको प्रयासमा तीन घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 114