Aamsanchar

बिम्सटेक बैठक काठमाडौंमा

Author Image
आइतवार, माघ २३, २०७३

काठमाडौं :

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ‘बिम्सटेक’ को विभिन्न तहको बैठक आइतबारदेखि काठमाडौंमा  सुरु हुँदैछ।

बिम्स्टेकको १७औं संयुक्त कार्यदलको बैठक आइतबार बस्नेछ। यस्तै सोमबार १७औं उच्च पदाधिकारी तयारी बैठक र मंगलबार सदस्य देशका विदेश मन्त्रालयका सचिवहरुको बैठक बस्न लागेको छ।

आइतबार र सोमबारको बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराई र विदेश सचिव बैठकको नेतृत्व मन्त्रालयका सचिव शङ्करदास वैरागीले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सदस्य मुलुकबाट १० जनाभन्दा बढी सहभागी हुने बैठकमा नेपालबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीले भाग लिनेछन् ।

बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिक-आर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समिक्षा गरिनेछ। सचिवस्तरीय बैठकमा बिम्सटेकको चौँथो शिखर सम्मेलन यसै वर्ष नेपालमा आयोजना गर्ने बारेमा छलफल गरी मितिसमेत निर्धारण हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस्तै बिम्सटेकको सचिवालयसँग सम्बन्धित वित्तिय तथा प्रशासनिक विषयका साथै बिमस्टेक संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनको समिक्षा, कार्यान्वयनको स्थित र भावी कार्ययोजनाबारे छलफल हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर