Aamsanchar

कक्षा ११ को मौका परीक्षामा ८६.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण

Author Image
आइतवार, माघ २३, २०७३

भक्तपुर,

कक्षा ११ को मौका परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते लिएको कक्षा ११ को मौका परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो ।

परीक्षामा कुल ५३ हजार ५ सय ७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार एक सय ४३ जना परीक्षार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो ।

११ को नियमित परीक्षामा एक विषयमा अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले मौका परीक्षा संचालन गरेको थियो ।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर